सिमरा तनावबारे प्रचण्ड : फागुन २१ को निर्वाचन बिथोल्ने कारण नबनोस्  « Khabarhub

सिमरा तनावबारे प्रचण्ड : फागुन २१ को निर्वाचन बिथोल्ने कारण नबनोस् 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको सिमरामा हिजोदेखि बढ्दै गएको तनाव र हिंसात्मक घटनाप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो देखाएका छन्। 

सामाजिक सञ्जालमार्फत बिहीबार प्रतिक्रिया दिँदै उनले स्थितिलाई नियन्त्रणबाहिर जान नदिन सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्।

लोकतन्त्रमा विचार भिन्नता स्वाभाविक भए पनि राजनीतिक मतभेदलाई हिंसा वा उत्तेजनामा बदल्नु अस्वीकार्य हुने उनले बताएका छन् । 

उनले राजनीतिक स्वतन्त्रताको सम्मान हुने वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण समेत गराएका छन्। राजनीतिक दलका कार्यकर्ता र नेताहरूलाई हिँडडुल गर्ने, सभा र कार्यक्रम गर्न पाउने सुनिश्चितता जरुरी रहेको प्रचण्डले बताएका छन् ।  

आगामी फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटना बाधक नबनोस् भन्नेमा सबै पक्ष जिम्मेवार बन्न उनले अपिल गरे। 

उनले स्थानीय पार्टी समितिहरूलाई तनाव न्यूनीकरणका लागि आवश्यक सहजीकरण गर्न निर्देशन दिएको बताएका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : ४४ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा