महेश बस्नेतले भने- एमाले आलोचना सहने भएपनि अवरोध सहँदैन « Khabarhub

महेश बस्नेतले भने- एमाले आलोचना सहने भएपनि अवरोध सहँदैन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बस्नेतले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताए । 

एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उनले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको स्पष्ट पारे । 

उनले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सो घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । 

अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको र अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेको उनले बताए ।

नेता बस्नेतले धारणा राखिरहँदा एक युवाले मञ्च अगाडी विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ४ : ४५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको