यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने « Khabarhub

यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सूचना अब सहज रूपमा फेसबुकमार्फत प्राप्त हुने भएको छ।

यातायात व्यवस्था विभागले अनलाइन स्वचालित सूचना प्रणालीमा प्राविधिक समस्या देखिएपछि लाइसेन्स तयार भएको जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ।

पहिले अत्यावश्यक लाइसेन्स छपाइका लागि अनलाइन फारम भरेका र एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र ‘नोटिफिकेसन’ पठाइन्थ्यो। तर हाल प्रणाली अवरुद्ध हुँदा विभागले नयाँ विकल्पका रूपमा हेलो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमा छपाइ सकिएका लाइसेन्सको नाम सूची नियमित रूपमा प्रकाशित गर्ने बताएको छ।

विभागले फेसबुकमा नाम समावेश भएका सबै आवेदकलाई सक्कल राजस्व तिरेको रसिद लिएर विभागमा उपस्थित भई लाइसेन्स बुझ्न अनुरोध गरेको छ।

यस्तै, लाइसेन्स नवीकरण वा नयाँ वर्ग थप गर्न चाहने सेवा-ग्राहीले अनिवार्य रूपमा आफ्नो पुरानो लाइसेन्स साथमा ल्याउनुपर्ने विभागले स्पष्ट पारेको छ। नयाँ व्यवस्थाले आवेदकलाई जानकारी छिटो र सजिलै पाउन मद्दत गर्ने विभागको अपेक्षा छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : १२ बजे

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको