यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने « Khabarhub

यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सूचना अब सहज रूपमा फेसबुकमार्फत प्राप्त हुने भएको छ।

यातायात व्यवस्था विभागले अनलाइन स्वचालित सूचना प्रणालीमा प्राविधिक समस्या देखिएपछि लाइसेन्स तयार भएको जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ।

पहिले अत्यावश्यक लाइसेन्स छपाइका लागि अनलाइन फारम भरेका र एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र ‘नोटिफिकेसन’ पठाइन्थ्यो। तर हाल प्रणाली अवरुद्ध हुँदा विभागले नयाँ विकल्पका रूपमा हेलो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमा छपाइ सकिएका लाइसेन्सको नाम सूची नियमित रूपमा प्रकाशित गर्ने बताएको छ।

विभागले फेसबुकमा नाम समावेश भएका सबै आवेदकलाई सक्कल राजस्व तिरेको रसिद लिएर विभागमा उपस्थित भई लाइसेन्स बुझ्न अनुरोध गरेको छ।

यस्तै, लाइसेन्स नवीकरण वा नयाँ वर्ग थप गर्न चाहने सेवा-ग्राहीले अनिवार्य रूपमा आफ्नो पुरानो लाइसेन्स साथमा ल्याउनुपर्ने विभागले स्पष्ट पारेको छ। नयाँ व्यवस्थाले आवेदकलाई जानकारी छिटो र सजिलै पाउन मद्दत गर्ने विभागको अपेक्षा छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : १२ बजे

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष

सरकार र बञ्चरेडाँडाबासीबीच अर्को ११ बुँद सहमति, काठमाडौंको फोहोर उठ्ने

काठमाडौं- सरकार र बञ्चरे डाँडाका स्थानीयबासीबीच ११ बुँदे सहमति भएको

एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन