एनपीएलमा दोस्रो अर्धशतक हान्ने खेलाडी बने चितवनका रवि बोपारा « Khabarhub

एनपीएलमा दोस्रो अर्धशतक हान्ने खेलाडी बने चितवनका रवि बोपारा


४ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनका रवि बोपाराले लुम्बिनी लायन्सविरुद्धको बिहीबारको खेलमा पनि अर्धशतक प्रहार गरेका छन् । उनले ४५ बलमा दुई छक्का र चार चौकाको सहयोगमा अर्धशतक पूरा गरे । यो सिजनको सातौँ अर्धशतक हो ।

यीमध्ये दुई अर्धशतक बोपाराको नाममा छ । बोपाराले यस सिजनको तेस्रो अर्धशतक पनि प्रहार गरेका थिए । यसअघि सिजनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध उनले अर्धशतक प्रहार गरेका थिए । उनले उक्त खेलमा ५२ रन जोडेका थिए । यो सिजनमा पहिलो अर्धशक प्रहार गर्ने जनकपुर बोल्ट्सका आशिफ शेख हुन् ।

उनले उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका थिए । खेलमा दोस्रो अर्धशतक प्रहार गर्ने कर्णालीका प्रियाङ्क पञ्चाल हुन् । उनले एपीएल अन्तर्गतको दोस्रो खेलमा चिवतन राइनोविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

विराटनगर किङ्ग्सका ओपनर लोकेश बमले पोखरा एभेन्जर्सविरुद्ध सिजनको चौथो अर्धशतक प्रहार गरेका थिए । यो सिजनको तेस्रो खेलका क्रममा उनले अर्धशतक प्रहार गरेका हुन् । उक्त खेलमै विराटनगरकै ब्याटर मार्टिन गुप्टिलले पनि ६१ रन बनाउँदै पाँचौ अर्धशतक प्रहार गरे ।

यो सिजनमा एकै खेलमा एकै टिमका दुई खेलाडी अर्धशतक प्रहार गरेको यो पहिलो घटना हो । एनपीएलको तेस्रो खेलको जवाफी ब्याटिङका क्रममा पोखराका कप्तान कुशल भुर्तेलले सिजनको पाँचौ अर्धशकत प्रहार गरेका हुन् ।

विराटनगरविरुद्ध जावाफी ब्याटिङमै उनले ५९ रन जोडेका थिए । सिजनको छैटौं अर्धशतक सुदूरपश्चिम रोयलसका हरमित सिंहले प्रहार गरेका हुन् । सिजनको चौथो खेलमा उनले काठमाडौं गोर्खाजलाई लक्ष्य प्रस्तुत गर्ने क्रममा २० बलमा ५३ रन जोडेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ५ : १८ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम