टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध हुँदैन : सञ्चारमन्त्री « Khabarhub

टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध हुँदैन : सञ्चारमन्त्री


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नगर्ने स्पष्ट पारेका छन् । 

बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री खरेलले प्रतिवेदनकै आधारमा टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नहुने स्पष्ट पारेका हुन् ।

उनले कानुनको पालना गर्दै टेलिकमलाई खरिद कार्य अघि बढाउन स्वायता प्रदान गरिएको बताए । अध्ययन प्रतिवेदन आन्तरिक प्रयोजनका लागि मात्रै भएको उनले बताए । मन्त्री खरेलले समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा समेत बुझाइने जानकारी दिए ।

नेपाल टेलिकमको बिलिङ ठेक्कामा विभिन्न टीकाटिप्पणी भएपछि मन्त्री खरेलले पूर्व सचिव मणिराम गेलालको संयोजकत्वमा ७ सदस्यीय अध्ययन समिति गठन गरेका थिए  । 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ४६ बजे

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको