एनपीएल हेर्ने दर्शकसँग पार्किङ शुल्क उठाएकोमा त्रिविको आपत्ति « Khabarhub

एनपीएल हेर्ने दर्शकसँग पार्किङ शुल्क उठाएकोमा त्रिविको आपत्ति


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कीर्तिपुर क्रिकेट रंगशाला वरपर अवस्थित आफ्नो जग्गामा नेपाल प्रिमियर लिग क्रिकेटका दर्शकबाट पार्किङ शुल्क लिइएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विश्वविद्यालयले यसरी पार्किङ शुल्क उठाउन कुनै प्रकारको अनुमति वा सम्झौता नगरेको उल्लेख गर्दै त्यो पूर्ण रूपमा अनधिकृत रहेको स्पष्ट पारेको छ।

नेपाल क्रिकेट संघद्वारा सञ्चालित एनपीएल खेल हेर्न आएका दर्शकले प्रयोग गरेका सवारी साधन रंगशाला नजिकै विश्वविद्यालयको जग्गामा पार्किङ गरिएबापत शुल्क उठाइएकोमा विरोध भइरहेको छ।

विश्वविद्यालयले कुनै व्यक्तिलाई वा संस्थालाई यस्तो शुल्क लिन अधिकार नदिएको र आफू अनविज्ञ रहेको जानकारी सार्वजनिक सूचनामार्फत् दिएको छ।

सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख लिली थापाले जारी गरेको सूचनामा सम्बन्धित निकाय र सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : ३२ बजे

भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

भक्तपुर – भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये

सोह्रखुट्टेमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको

पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु

इस्लामावाद – अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी

सुरक्षा परिषद्‍मै लापरबाही : एकातिर हातले मिति लेखियो, अर्कातिर २०८१ मै बैठक बस्यो !

काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकपछि वक्तव्य निकाल्ने क्रममा