अमेरिकाबाट डिपोर्ट भएका ३५ मध्ये धेरै दाङ र रुकुमका, तिरेका थिए २ करोडसम्म « Khabarhub

अमेरिकाबाट डिपोर्ट भएका ३५ मध्ये धेरै दाङ र रुकुमका, तिरेका थिए २ करोडसम्म


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकाबाट बुधबार नेलकडी र हतकडी लगाएर स्वदेश फर्काइएका ३५ जना नेपालीको सूची सार्वजनिक भएको छ।

अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएकामध्ये दाङका १४ जना र रुकुमपूर्व तथा पश्चिमका ११ जना छन्। डिपोर्टको कारण अधिकांशमा ‘गैर–आवासीय प्रवेश’ देखिएको छ।

उक्त सूचीअनुसार महोत्तरी, मकवानपुर, काठमाडौं, रोल्पा, बाँके, बाग्लुङ, पर्वत, सिन्धुपाल्चोक लगायत जिल्लाका एक/एक जना डिपोर्ट भएका छन्।

अमेरिकी जहाजमा फिर्ता भएकामध्ये केही व्यक्तिले ३० लाखदेखि २ करोड रुपैयाँसम्म खर्च गरी अमेरिका पुगेको उल्लेख गरिएको छ।

उनीहरू काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण भएपछि अध्यागमन कार्यालयमार्फत् आवश्यक प्रक्रिया पूरा गरी परिवारजनको जिम्मा लगाइएको छ।
डिपोर्ट गरिएका व्यक्तिहरूको विवरण अनुसार उनीहरूको उमेर १८ देखि ५७ वर्षसम्मका छन्।

अवैध प्रवेश, भिसा अवधि समाप्त, अध्ययन म्याद नबढेको तथा कागजपत्र नपुगेका कारण उनीहरू अमेरिकाबाट फर्काइएका हुन्।

नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले ३३ जना मेक्सिको हुँदै तल्लो बाटोबाट अमेरिका छिरेका थिए।

अमेरिकाले फेब्रुअरी २०२५ पछि अवैध आप्रवासीमाथि कडा निगरानी थालेसँगै ५ सय नेपालीलाई ‘डिपोर्ट’ गरेर पठाइसकेको छ।

पर्यटक भिसामा गएकाको भिसा अवधि सकिएपछि पक्राउ गरी अमेरिकाले डिपोर्ट गरेको हो ।

अर्कातिर पढ्न गएकाहरू कलेज नगई अन्य गतिविधिमा संलग्न भएको भन्दै पक्राउ गर्दै अमेरिकाले डिपोर्ट गरेको छ।

डिपोर्ट भएकाहरू दाङ र रुकुमका बढी छन्। अमेरिकाले फेब्रुअरी २०२५ पछि अवैध आप्रवासीमाथि कडा निगरानी सुरु गरेको थियो। यसपछि पाँच सय नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : ५५ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न