दोस्रो पटक आमा बन्दै सोनम कपूर « Khabarhub

दोस्रो पटक आमा बन्दै सोनम कपूर


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री सोनम कपूर दोस्रो पटक आमा बन्ने भएकी छन् । बिहीबार आफ्नो इन्स्टाग्राममार्फत उनले आफू गर्भवती भएको जानकारी शेयर गरेकी हुन् ।

सामाजिक सञ्जालमा शेयर गरेका तस्बिरहरूमा ‘बेबी बम्प’ देख्न सकिन्छ । स्कार्लेट पिंक भिन्टेज स्कर्ट–सुट र कालो एक्सेसरीजमा उनले आफ्नो फेशन सेन्स पनि उजागर गरेकी छन् ।

तस्बिरको क्याप्शनमा उनले सरल शब्दमा “मदर” लेखेकी छन्, जसले समाचारलाई झनै पुष्टि गरेको छ । सोनमले आफ्नो इन्स्टाग्राम स्टोरीमा “कमिङ स्प्रिङ २०२६” भन्दै दोस्रो सन्तान २०२६ को वसन्त ऋतुमा जन्मने संकेत दिएकी छन् ।

उनको पोस्ट सार्वजनिक भएपछि बलिउडका थुप्रै कलाकारहरूले उनलाई बधाई दिएका छन् । अभिनेत्री परिणिति चोपडा, करिना कपूर र भूमि पेड्नेकरले कमेन्टमार्फत सोनमलाई शुभकामना व्यक्त गरेका छन् ।

सोनमले २०१८ मा व्यवसायी आनन्द अहुँजासँग विवाह गरेकी थिइन् । यो दम्पत्तिले २०२२ को अगस्टमा पहिलो सन्तान प्राप्त गरेका थिए । उनीहरुले छोराको नाम वायु कपूर अहुँजा राखिएको छ ।

‘नीरजा’, ‘रणझाना’ र ‘दिल्ली ६’ जस्ता सफल फिल्महरूबाट परिचित सोनमले २०१६ मा रिलिज भएको फिल्म ‘नीरजा’ बाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी थिइन् ।

सोनम पछिल्लो पटक २०२३ मा शोम माखिजाको निर्देशनमा बनेको ‘ब्लाइन्ड’ फिल्ममा देखा परेकी थिइन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : ५८ बजे

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३