काठमाडौं– बलिउड अभिनेत्री सोनम कपूर दोस्रो पटक आमा बन्ने भएकी छन् । बिहीबार आफ्नो इन्स्टाग्राममार्फत उनले आफू गर्भवती भएको जानकारी शेयर गरेकी हुन् ।
सामाजिक सञ्जालमा शेयर गरेका तस्बिरहरूमा ‘बेबी बम्प’ देख्न सकिन्छ । स्कार्लेट पिंक भिन्टेज स्कर्ट–सुट र कालो एक्सेसरीजमा उनले आफ्नो फेशन सेन्स पनि उजागर गरेकी छन् ।
तस्बिरको क्याप्शनमा उनले सरल शब्दमा “मदर” लेखेकी छन्, जसले समाचारलाई झनै पुष्टि गरेको छ । सोनमले आफ्नो इन्स्टाग्राम स्टोरीमा “कमिङ स्प्रिङ २०२६” भन्दै दोस्रो सन्तान २०२६ को वसन्त ऋतुमा जन्मने संकेत दिएकी छन् ।
उनको पोस्ट सार्वजनिक भएपछि बलिउडका थुप्रै कलाकारहरूले उनलाई बधाई दिएका छन् । अभिनेत्री परिणिति चोपडा, करिना कपूर र भूमि पेड्नेकरले कमेन्टमार्फत सोनमलाई शुभकामना व्यक्त गरेका छन् ।
सोनमले २०१८ मा व्यवसायी आनन्द अहुँजासँग विवाह गरेकी थिइन् । यो दम्पत्तिले २०२२ को अगस्टमा पहिलो सन्तान प्राप्त गरेका थिए । उनीहरुले छोराको नाम वायु कपूर अहुँजा राखिएको छ ।
‘नीरजा’, ‘रणझाना’ र ‘दिल्ली ६’ जस्ता सफल फिल्महरूबाट परिचित सोनमले २०१६ मा रिलिज भएको फिल्म ‘नीरजा’ बाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी थिइन् ।
सोनम पछिल्लो पटक २०२३ मा शोम माखिजाको निर्देशनमा बनेको ‘ब्लाइन्ड’ फिल्ममा देखा परेकी थिइन् ।













प्रतिक्रिया