प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- विद्रोहको बलमा बनेको सरकारलाई हाम्रो पूरा साथ छ « Khabarhub

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- विद्रोहको बलमा बनेको सरकारलाई हाम्रो पूरा साथ छ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार भेटवार्ता भएको छ।

उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा कुरा राखेका छन् ।

‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव विप्लवले भने, ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ।’

विप्लव नेतृत्वको नेकपा अहिले निर्वाचन आयोगमा नेकपा माओवादीका रुपमा दर्ता भएको छ । पुष्पकमल दाहाल प्रचण्डले माओवादी धार त्यागेका बेला आयोगले विप्लवलाई नेकपा माओवादी नामको पार्टी दर्ता गरेर दिएको हो । उनले रातो गुलाफ चुनाव चिह्न पाएका छन् ।

प्रधानमन्त्रीले बुधबार मात्रै निर्वाचनमा आयोगमा दर्ता भएकामध्ये ११० दलका प्रतिनिधिसँग लामो संवाद गरेकी थिइन् ।

उनले तीन पटकसम्म दलका नेताहरूसँग संवाद गरिसकेकी छन् । अब उनले दलका नेताहरूलाई अलग अलग बोलाएर छलफल थालेकी छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ७ : ३९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको