एमालेमा फर्किएका झाँक्रीसहितलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय « Khabarhub

एमालेमा फर्किएका झाँक्रीसहितलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘घर फर्क अभियानअन्तर्गत विभिन्न वामपन्थी समूहबाट आबद्ध हुनुभएकामध्ये तत् कमिटीका केन्द्रीय समितिमा जो अहिले यता आउनुभएको छ। उहाँहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरिएको छ,’ उनले भने।

केही समयअघि मात्रै रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू एमालेमा फर्किएका थिए।

एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ। एमालेको यो महाधिवेशनबाट पनि केपी ओली अध्यक्ष पदमा दोहोरिने तयारीमा छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : ०५ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित