निकोलश भुसाल फेरि पक्राउ « Khabarhub

निकोलश भुसाल फेरि पक्राउ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निकोलश भुसाल फेरि पक्राउ परेका छन् । केही दिनअघि ५० हजार धरौटीमा रिहा भएका भुसाललाई बिहीबार साँझ प्रहरीले पुनः पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार भुसालको मुद्दा अझै अनुसन्धानमै रहेकाले थप सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । सोधपुछपछि आजै छाडिने र भोलि पुनः उपस्थित हुनुपर्ने बताइएको छ।

भुसाललाई कात्तिक १८ गते गोरखाको सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो। उनले कात्तिक १३ गते संवाद डबलीको कार्यक्रममा प्रहरीसहित राज्यका संवेदनशील निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए।

यसै विषयमा अदालतले भुसाललाई धरौटी वा साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि कात्तिक २५ गते प्रशासनले ५० हजार धरौटीमा छाडेको थियो।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : २० बजे

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल