निकोलश भुसाल फेरि पक्राउ « Khabarhub

निकोलश भुसाल फेरि पक्राउ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निकोलश भुसाल फेरि पक्राउ परेका छन् । केही दिनअघि ५० हजार धरौटीमा रिहा भएका भुसाललाई बिहीबार साँझ प्रहरीले पुनः पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार भुसालको मुद्दा अझै अनुसन्धानमै रहेकाले थप सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । सोधपुछपछि आजै छाडिने र भोलि पुनः उपस्थित हुनुपर्ने बताइएको छ।

भुसाललाई कात्तिक १८ गते गोरखाको सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो। उनले कात्तिक १३ गते संवाद डबलीको कार्यक्रममा प्रहरीसहित राज्यका संवेदनशील निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए।

यसै विषयमा अदालतले भुसाललाई धरौटी वा साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि कात्तिक २५ गते प्रशासनले ५० हजार धरौटीमा छाडेको थियो।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : २० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका