काठमाडौं महानगरले गर्यो भूमिगत ‘फायर ड्राइराइजर’ कार्यको अनुगमन « Khabarhub

काठमाडौं महानगरले गर्यो भूमिगत ‘फायर ड्राइराइजर’ कार्यको अनुगमन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको शैली, तत्कालीन निर्माण सामग्री जस्ता पक्षमा जानकारी लिएपछि समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले, निर्माण कार्य गर्ने पक्षले मापदण्ड र प्रक्रिया पालना गर्ने हो भने अनुगमन कार्यबाट डराउनु नपर्ने बताए ।

‘अनुगमनमा टोलीँ आउनुलााई कारवाही जस्तो मान्नु हुँदैन । यो सुधार गर्ने अवसर दिने संयन्त्र पनि हो ’ उनले भने, ‘अनुगमनको त्रास त गलत नियत राख्नेहरुलाई मात्र हुन्छ । विधि, प्रक्रिया र मापदण्डको पूर्ण पालना गर्नेका लागि अनुगमन आफ्नो क्षमता देखाउने अवसर हो ।’

‘महानगरपालिका काठमाडौँको प्राचीनता खोजी रहेको छ । सहरको यो पक्ष प्राप्त गर्न सबैको साथ र सहयोग आवश्यक छ । अझ भौतिक संरचना निर्माण कार्य गर्नेले त झन सहयोग गर्न आवश्यक छ’ उनले भने, ‘हरेक विषयमा पक्ष र विपक्षका मत हुन्छन् । दुवै मत सुनेर दुवैलाई चित्त बुझ्ने निर्णयको प्रयासमा केही समय लाग्न सक्छ । यसबाहेक महानगरपालिकाले मौलिक निर्माण सामग्री, शैली र शिल्पको उपयोग गरेर आधुनिक सुविधा वितरणमा नियमित काम गरिरहेको छ ।’

त्यस क्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले, वडाभित्रका सम्पदाहरुमा प्रयोग गरिएको आधुनिक निर्माण सामग्री तथा बस्तु हटाएर मौलिक सामग्रीले पुनःस्थापना गर्ने क्रममा रहेको बताए । ‘यसै क्रममा हामीले वडाकै बजेटबाट राणाकालीन भवनलाई पूर्ववत् सवलीकरण गराएका हौँ’ महर्जनको भनाइ छ ।

राणा प्रधानमन्त्री जुद्ध शम्शेरको शासनकाल वि। सं। १९९४ सालतिर निर्माण भएको यो भवनमा अग्नि नियन्त्रण कार्यालयको स्थापना भएको हो । त्यसबेलाको आधुनिक अग्नि नियन्त्रण कार्यालय नै यही थियो । राणा वास्तुकलामा आधारित भवन चुना सुर्कीको प्रयोग गरेर बनाइएको हो । मोटो पर्खाल, ठुला झ्यालढोका भवनको संरचनागत विशेषता हो । यसको पुनःनिर्माण कार्यमा भवनको पुरानो शैली नबिगारी, नहटाइ, परम्परागत ईंटा, चुन–सुर्की, माटो र काठको प्रयोग गरिएको छ ।

अग्नि–नियन्त्रणका लागि साधन तथा उपकरण राख्न ठुलो कोठा बनाइएका छन् । आपतकालीन सेवाका लागि बस्ने ठाउँ हुनेछ । पुराना दमकल गाडी राख्ने छुट्टै कक्ष निर्माण भएका छन् । ०७२ को महाभूकम्पले भवनको संरचना कमजोर भएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ७२ लाख ९८ हजार रुपियाँ लागतमा ०८२ जेठ २९ गतेबाट सवलीकरण थालिएको हो । इन्द्रदह निर्माण सेवाले जिम्मा पाएको यो काम २०८३ जेठ १ गतेसम्ममा सम्पन्न हुनेछ ।

यससँंगै केन्द्रीय बजेटको करिब ३ करोड रुपियाँ लागतमा यससँगै अर्को भवन बनाउने काम प्रारम्भ हुने चरणमा पुगेको छ । आज नै लैनचौरमा भूमिगत फायर ड्राइराइजरको प्राविधिक तथा निर्माण कार्यको अनुगमन गरिएको छ ।

यस क्रममा डंगोलले भने, ‘प्रणाली प्रयोग सिद्ध हुनुपर्छ । काम परेको बेला आगलागी नियन्त्रण गर्न सकिने गरी पानीको प्रेसर पुग्ने हुनुपर्छ । यसको सार्वजनिक परीक्षण गर्नुहोला । स्थानीयबासीले यसको उपयोग थाहा पाउनुपर्छ । ड्राइराइजरका होज र आउटलेट कभरलाई हराउनबाट बचाउनुपर्छ ।’

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीका घरहरुमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ ।

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।

दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।महानगरपालिकाको केन्द्र ९विपद व्यवस्थापन विभाग०बाट कार्यान्वयनमा आएको यो योजना १ करोड १७ लाख २ हजार ४५० रुपियाँ लागतमा १४ ठाउँमा ड्राइराइजर राखिएको छ । यस कार्यबाट विभिन्न ठाउँमा गरी २ हजार ८९६ मिटर लामो ड्राइराइजर स्थापना हुनेछ । यसमा अधिकतम ५६० मिटर र न्यूनतम २५ मिटरसम्मको लम्बाइ रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : ५१ बजे

अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन

जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ

काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ