मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान « Khabarhub

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न बनेको उच्चस्तरीय आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ।

बिहीबार दिउँसो सिंहदरबारस्थित आयोगको कार्यालयमा अर्याललाई बोलाएर सोधपुछ गरिएको आयोगका प्रवक्ता एर्व पूर्व एआईजी विज्ञानराज शर्माले जानकारी दिए।

‘हामीले उहाँसँग त्यसबेलाका विषयमा कुरा बुझ्यौँ। उहाँले आफ्नो कुरा भनेर जानुभयो’ शर्माले भने।

बयानमा उनले भदौ २४ गते आफू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहेको बताएका छन्। जेनजी आन्दोलन उग्र बन्दा आफूले ओलीलाई बचाउन भूमिका खेलेका पनि बताएका थिए।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्नेछ। असोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १० : १३ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर