मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान « Khabarhub

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान


४ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न बनेको उच्चस्तरीय आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ।

बिहीबार दिउँसो सिंहदरबारस्थित आयोगको कार्यालयमा अर्याललाई बोलाएर सोधपुछ गरिएको आयोगका प्रवक्ता एर्व पूर्व एआईजी विज्ञानराज शर्माले जानकारी दिए।

‘हामीले उहाँसँग त्यसबेलाका विषयमा कुरा बुझ्यौँ। उहाँले आफ्नो कुरा भनेर जानुभयो’ शर्माले भने।

बयानमा उनले भदौ २४ गते आफू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहेको बताएका छन्। जेनजी आन्दोलन उग्र बन्दा आफूले ओलीलाई बचाउन भूमिका खेलेका पनि बताएका थिए।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्नेछ। असोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १० : १३ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम