सङ्कटका बेला भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय छः मन्त्री घिसिङ « Khabarhub

सङ्कटका बेला भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय छः मन्त्री घिसिङ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सङ्कटको समयमा भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय रहेको बताएका छन् ।

हेटौँडामा आज आयोजित आपतकालीन प्रयोगका लागि भारतले दिएको बेलिब्रिज हस्तारण कार्यक्रममा मन्त्री घिसिङले नेपालमा विनाशकारी भूकम्पपछि सङ्कटको बेला भारतले गरेको सहयोग अविस्मरणीय रहेको चर्चा गरे ।

नेपालको सडक, पुल निर्माणलगायत भारतको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारतले निरन्तर सहयोग गरी एक विश्वासनीय साझेदार भूमिका निर्वाह गर्दै आएको बताए।

नेपालमा विपद्का बेलादेखि भौतिक पूर्वाधार विकास निर्माणको कामसम्ममा भारतले एक छिमेकीको मात्र नभई एक विश्वसनीय साझेदारको रुपमा भूमिका निर्वाह गरिरहेको उनले बताए ।

भारतको सहयोगमा निर्मित हुलाकी सडकले तराई क्षेत्रमा यातायातको पहुँच विस्तारसँगै सो क्षेत्रको नागरिकको जीवनस्तर नै परिवर्तन भएको मन्त्री घिसिङले बताए । भारतको सहयोगमा निर्माण भएका पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकले नेपालको राष्ट्रिय यातायात र व्यापारको मेरुदण्डलाई सुदृढ बनाएको उनले बताए ।

यातायात पूर्वाधारबाहेक शिक्षा, स्वास्थ्य, ऊर्जा र क्षमता निर्माणलगायत सामाजिक क्षेत्रमा भारतको सहयोगले सकारात्मक प्रभाव पारेको बताउँदै मन्त्री घिसिङले भारतको सहयोगले नेपालको समग्र विकासमा कोसेढुङ्गा सावित भइरहेको बताए । सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको हरेक समस्यामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १० : ०६ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि