बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य « Khabarhub

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्खे अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले आज सूचना जारी गर्दैै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम यही मङ्सिर ३ गते राति ११ः५९ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्नुभएको जानकारी दिए ।

वर्षे अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन आह्वान गर्ने तयारी भइरहेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिनुभएको प्रदेशसभा सचिावलयले प्रदेशसभा सदस्यलाई जानकारी गराएको छ । प्रदेशसभा सचिवालयका सचिव पौडेलले आज सूचना जारी गर्दै सभामुख पाठकले गत असोज १ गते उपसभामुख अप्सारा चापागाईलाई सम्बोधन गरी राजीनामा बुझाएको जानकारी दिएका हुन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम २ बमोजिम प्रदेशसभा सदस्यहरुको जानकारीका लागि सूचना प्रकाशन गरिएको सचिव पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेको सभामुख पाठकले असोज १ गते उपसभामुख चापागाईंलाई लिखित राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १० : ३९ बजे

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ