काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै  « Khabarhub

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पुँजीको विकास कार्य अघि बढाएको छ ।

कामपाले ३२ वटै वडा स्तरको स्वास्थ्य सेवालाई अस्पतालसरह प्रदान गर्नेगरी काम गरिरहेको कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जानकारी दिए ।

उक्त कार्यका लागि कामपाले ३२ वटा वडामा दुई चरणमा तालिम सञ्चालनसमेत गरिसकेको छ । पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका प्राविधिकलाई प्रशिक्षण दिइसकेको केसीले जानकारी दिए ।

जनस्वास्थ्य गुणस्तरका राष्ट्रिय अन्तर्राष्ट्रिय नीति, प्रक्रिया र अभ्यास, बिरामीलाई नमूना सङ्कलनका लागि तयार पार्ने विधि, सम्भावित त्रुटि र जोखिम, गुणस्तर नियन्त्रणका प्रक्रिया, क्षयरोगको नमूना सङ्कलन र परीक्षण, प्रयोगशालाको स्वच्छता र सरसफाइ, हानिकारक फोहर व्यवस्थापनका साधन, उपकरण तथा विधि, जनशक्तिबीचको आपसी सम्बन्धलगायत विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अभ्यास समेत गराइएको छ ।

कामपाले ३२ वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हरेक वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएका छन् । यी प्रयोगशालाहरूमा मधुमेहसहित रगतबाट गरिने जाँच, मिर्गौलासहित पिसाबका जाँचिने रोग, खकारबाट जाँचिने क्षयरोगसहित आधारभूत स्वास्थ्य परीक्षण गरिन्छ ।

‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ समूहका जनस्वास्थ्य प्रयोगशालामध्ये ‘डी’ र ‘ई’ समूहका प्रयोगशालाको सञ्चालन गर्ने अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर नियन्त्रण तथा तालिम शाखाका उपप्रमुख मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुवेदी भन्छन्, ‘काठमाडौं महानगरपालिकाका प्रयोगशालाहरूको गुणस्तर कायम गराउन तथा जनशक्तिको क्षमता बढाएर कानुनले प्रदान गरेको अधिकार प्रयोग गर्न सक्ने बनाउन तत्पर छौँ ।’ ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३’ अनुसार सरकारी स्तरका हेल्थपोष्टमा आधारित प्रयोगशाला ‘ई’ समूहका र सरकारी स्तरका प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला ‘डी’ समूहका प्रयोगशालामा पर्छन् ।

कामपाका स्वास्थ्य प्रयोगशाला इञ्चार्ज, ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार आन्तरिक नियन्त्रण प्रणाली र बाह्य प्रयोगशालाहरूसँगको सहकार्यमा प्रयोगशालाका नतिजालाई स्तरीय बनाउने प्रयास भइरहेको छ ।

प्रयोगशाला विज्ञान र प्रविधिमा आधारित हुन्छ । यी क्षेत्रहरूमा सबैभन्दा छिटो परिवर्तन आइरहेको हुनाले प्रयोगशालाका प्राविधिकहरूले आफूलाई हरेक दिन तालिममा सहभागी भएको महसुस गरेर आचरण गर्नुपर्ने, सेवा सञ्चालन मापदण्ड बनाएर त्यसका आधारमा काम गर्नुपर्ने छ । (रासस)

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ११ : ०२ बजे

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट

जनकपुरधाम– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक