काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै  « Khabarhub

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पुँजीको विकास कार्य अघि बढाएको छ ।

कामपाले ३२ वटै वडा स्तरको स्वास्थ्य सेवालाई अस्पतालसरह प्रदान गर्नेगरी काम गरिरहेको कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जानकारी दिए ।

उक्त कार्यका लागि कामपाले ३२ वटा वडामा दुई चरणमा तालिम सञ्चालनसमेत गरिसकेको छ । पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका प्राविधिकलाई प्रशिक्षण दिइसकेको केसीले जानकारी दिए ।

जनस्वास्थ्य गुणस्तरका राष्ट्रिय अन्तर्राष्ट्रिय नीति, प्रक्रिया र अभ्यास, बिरामीलाई नमूना सङ्कलनका लागि तयार पार्ने विधि, सम्भावित त्रुटि र जोखिम, गुणस्तर नियन्त्रणका प्रक्रिया, क्षयरोगको नमूना सङ्कलन र परीक्षण, प्रयोगशालाको स्वच्छता र सरसफाइ, हानिकारक फोहर व्यवस्थापनका साधन, उपकरण तथा विधि, जनशक्तिबीचको आपसी सम्बन्धलगायत विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अभ्यास समेत गराइएको छ ।

कामपाले ३२ वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हरेक वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएका छन् । यी प्रयोगशालाहरूमा मधुमेहसहित रगतबाट गरिने जाँच, मिर्गौलासहित पिसाबका जाँचिने रोग, खकारबाट जाँचिने क्षयरोगसहित आधारभूत स्वास्थ्य परीक्षण गरिन्छ ।

‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ समूहका जनस्वास्थ्य प्रयोगशालामध्ये ‘डी’ र ‘ई’ समूहका प्रयोगशालाको सञ्चालन गर्ने अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर नियन्त्रण तथा तालिम शाखाका उपप्रमुख मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुवेदी भन्छन्, ‘काठमाडौं महानगरपालिकाका प्रयोगशालाहरूको गुणस्तर कायम गराउन तथा जनशक्तिको क्षमता बढाएर कानुनले प्रदान गरेको अधिकार प्रयोग गर्न सक्ने बनाउन तत्पर छौँ ।’ ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३’ अनुसार सरकारी स्तरका हेल्थपोष्टमा आधारित प्रयोगशाला ‘ई’ समूहका र सरकारी स्तरका प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला ‘डी’ समूहका प्रयोगशालामा पर्छन् ।

कामपाका स्वास्थ्य प्रयोगशाला इञ्चार्ज, ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार आन्तरिक नियन्त्रण प्रणाली र बाह्य प्रयोगशालाहरूसँगको सहकार्यमा प्रयोगशालाका नतिजालाई स्तरीय बनाउने प्रयास भइरहेको छ ।

प्रयोगशाला विज्ञान र प्रविधिमा आधारित हुन्छ । यी क्षेत्रहरूमा सबैभन्दा छिटो परिवर्तन आइरहेको हुनाले प्रयोगशालाका प्राविधिकहरूले आफूलाई हरेक दिन तालिममा सहभागी भएको महसुस गरेर आचरण गर्नुपर्ने, सेवा सञ्चालन मापदण्ड बनाएर त्यसका आधारमा काम गर्नुपर्ने छ । (रासस)

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ११ : ०२ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट