सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य « Khabarhub

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ ।

यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार रिलायन्स फाइनान्स लिमिटेडसँग आबद्ध कर्मचारी, सेवाग्राहि तथा आन्तरिक एवं बाह्य सरोकारवालाले सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टरबाट प्रदान गरिने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवाहरू १० प्रतिशत छुटमा प्राप्त गर्न सक्नेछन् ।

मेरी स्टोप्स सेन्टर हाल विभिन्न १८ जिल्लामा सञ्चालित छन् । ती जिल्लामा सञ्चालित २२ ‘मेरी स्टोप्स् सेन्टर’हरूले सुरक्षित गर्भपतन सेवाका साथै परिवार योजना र महिलाहरूको महिनावारी सुरु भएदेखि बन्द नहुन्जेलसम्मका सम्पूर्ण प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेका छन् ।

सेवा प्रदान गरिएका ती स्थानमा कोशीको (विर्तामोड, विराटनगर, इटहरी), मधेस (वीरगञ्ज, लहान, लालबन्दी), बागमती (चुच्चेपाटी, गोङ्गबु, पुतलीसडक, सातदोबाटो, नारायणगढ), लुम्बिनीको (बर्दघाट, भैरहवा, बुटवल, चन्द्रौटा, दाङ, कोहलपुर र तौलिहवा), गण्डकीको (डुम्रे र पोखरा) कर्णालीको (सुर्खेत) सुदूरपश्चिमको अत्तरिया छन् ।

उक्त सम्झौता हस्ताक्षर समारोह कार्यक्रममा सुनौलो परिवार नेपालका प्रोग्राम तथा पार्टनरशिप म्यानेजर सृष्टि मैनाली र मार्केटिङ तथा कम्युनिकेसन म्यानेजर हिमा मिश्रको उपस्थिति थियो भने रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ तथा प्रमुख सञ्चालन अधिकृत रविन शाक्य तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

दुवै संस्थाबीच भएको यस सहकार्यले वित्तीय संस्थासँग समुदायमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउनुका साथै सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । (रासस)

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ६ : ३३ बजे

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने, जथाभावी नफाल्न आग्रह

काठमाडौं– यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

ग्वाटेमाला सिटी- ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र

प्राधिकरणले भन्यो- तिहार र छठमा विद्युत् आपूर्ति बन्द हुन दिँदैनौँ

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

काठमाडौँ– ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६

तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि

भक्तपुर– घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री