नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै « Khabarhub

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै छ ।

बागमती, विशेष र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा दिउँसो १२ बजे भृकुटीमण्डमा हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपाका अनुसार नेताकार्यकर्ताहरू सुनधारा, न्युरोड, रत्नपार्कमा जम्मा भएर बागबजार, पुतली सडक, पद्मोदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । सभामा ५० हजार बढी मानिस सहभागी हुने नेकपाले दाबी गरेको छ ।

सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल, नेताहरू झलनाथ खनाल, भीम रावल, वामदेव गौतमलगायतले सम्बोधन गर्नेछन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० भन्दा बढी दल मिलेर गत कात्तिक १९ गते नेकपा गठन भएको थियो ।

नेकपाले यसअघि विभिन्न प्रदेशमा पार्टी एकताको सन्देश सभा गरिसकेको छ । 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ९ : २५ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट