साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या « Khabarhub

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली क्षेत्रका चार अखडाका ढोका साँघुरा हुँदा गाई पाल्ने परम्परा नै लोप हुने अवस्था सृजना भएको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएका यस क्षेत्रका सम्पदाको पुनर्निर्माण अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गरेको हो । बनेका यस क्षेत्रका सम्पदास्थलका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको हो ।

अधिकार सम्पन्न बागमती समितिका इञ्जिनीयरले गरेको इञ्जिनीयरिङअनुसार पुनर्निर्माण भएका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको श्रीराम मन्दिर वैरागी अखडा थापाथलीका महन्त रामस्वरुप वैष्णवदासले जानकारी दिए ।

भूकम्पअघि थापाथली क्षेत्रका चार अखडामा गरी १५० वटा गाई पालिन्थ्यो । भूकम्पपछि बनेका गौशालाका ढोका साँघुरा हुँदा गाई पाल्ने हिसाबले मात्र प्रत्येक अखडामा एक, दुई गाई पालिएको छ । यी गौशालामा गाई पाल्न धेरै अप्ठ्यारो परेको गौसेवकको गुनासो छ । समितिका इञ्जिनीयरले ध्यान दिन नसक्दा यस्तो समस्या आएको काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार बताए ।

थापाथली क्षेत्रमा वैरागी अखडासँगै उदासी, सन्न्यासी र गोरखनाथ अखडा पनि छन् । प्रधानमन्त्री जङगबहादुर राणाले बेलायतबाट फर्केपछि थापाथलीमा चार अखडामा विभाजन भएका उनको भनाइ छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  १२ : ३२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन