राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला « Khabarhub

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण प्रतिनिधिसभा विघटन भएको दाबी गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै बर्तौलाले संविधानको परिपालक र संरक्षकको जिम्मेवारीमा रहेका राष्ट्रपतिबाट भएको संवैधानिक कमजोरी र असावधानीकै कारण प्रतिनिधिसभा विघटन भएको दाबी गरेका हुन्। 

उनले सो कमजोरी सच्याउँदै राष्ट्रपतिले स्वयंले संसद् पुनर्स्थापना घोषणा गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘यो केवल संसद्को विघटन मात्र होइन, लोकतन्त्रको आत्मामाथिको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्तामाथिको आघात हो,’ विज्ञप्तिमा भनिएको छ । यद्यपि, यस विषयमा संवैधानिक परीक्षण र उपचारका लागि दर्जनौँ रिट निवेदनहरू सम्मानित अदालतमा दर्ता भई विचाराधीन अवस्थामा रहेको पनि उनले स्मरण गराएका छन् ।

बर्तौलाले अदालतको आदेश कुरिरहनु नपर्ने भन्दै राष्ट्रपतिले आफ्नै पहलमा संवैधानिक कमजोरी सच्याउन सक्ने जिकिर गरेका छन् । 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  २ : ४५ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,