कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते « Khabarhub

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा सात जना सैनिकको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

सेनाका अनुसार उक्त आक्रमण नेशनल लिबरेसन आर्मी (ईएलएन) ले ड्रोन प्रयोग गरी गरेको हो । सेनाले यसलाई ‘आतंकवादी हमला’ को संज्ञा दिँदै यसले सर्वसाधारणको ज्यान जोखिममा पार्नुका साथै मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको जनाएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्स  मार्फत प्रतिक्रिया दिँदै उन्नत एन्टी–ड्रोन प्रणालीको अभावका कारण यस्तो घटना भएको बताएका छन्। उनले अवैध सशस्त्र समूहका यस्ता आक्रमण रोक्न तत्काल आवश्यक एन्टी–ड्रोन प्रणाली खरिद गर्ने आदेश दिएको जानकारी दिए ।

यसैबीच, सैनिक बलका प्रमुख कमाण्डर जनरल फ्रान्सिस्को कुबिदेसले ईएलएनका आतंकवादी गतिविधिविरुद्ध गुप्तचर संकलन तथा सैन्य कारबाहीलाई थप सुदृढ गरिने बताए ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : ०६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका