मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने « Khabarhub

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने बताएका छन् ।
    
तेरापन्थ महिला मण्डलद्वारा शनिबार आयोजित घरेलु प्रदर्शनीको उद्‌घाटन गर्दै उनले कोभिड महामारीपछि मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन राज्य तथा सबै उद्यमी–व्यवसायी काँधकाँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन जोड दिनुपर्ने सुझाव दिए ।

उनले नेपाल र नेपालीको आयस्तर वृद्धिका लागि सरकारले धार्मिक, साहसिक पर्यटन, सूचना प्रविधि, कृषिको आधुनिकरण र स्वास्थ्य क्षेत्रमा विशेष खुकुलो नीति ल्याउँनुपर्नेमा जोड दिए । 

मण्डलकी अध्यक्ष मिलन नौलखाले महिला श्रमिकले देशको आर्थिक विकासमा योगदान गरेका बताइन् । एकदिने प्रदर्शनीमा ३२ कक्षमा घरेलु उत्पादन राखिएका छन् । 
 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : १३ बजे

ओली–लेखक पक्राउबारे हर्क साम्पाङले भने– सरकारले प्रतिशोधको राजनीति गर्‍याे

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा

सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी