मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने « Khabarhub

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने बताएका छन् ।
    
तेरापन्थ महिला मण्डलद्वारा शनिबार आयोजित घरेलु प्रदर्शनीको उद्‌घाटन गर्दै उनले कोभिड महामारीपछि मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन राज्य तथा सबै उद्यमी–व्यवसायी काँधकाँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन जोड दिनुपर्ने सुझाव दिए ।

उनले नेपाल र नेपालीको आयस्तर वृद्धिका लागि सरकारले धार्मिक, साहसिक पर्यटन, सूचना प्रविधि, कृषिको आधुनिकरण र स्वास्थ्य क्षेत्रमा विशेष खुकुलो नीति ल्याउँनुपर्नेमा जोड दिए । 

मण्डलकी अध्यक्ष मिलन नौलखाले महिला श्रमिकले देशको आर्थिक विकासमा योगदान गरेका बताइन् । एकदिने प्रदर्शनीमा ३२ कक्षमा घरेलु उत्पादन राखिएका छन् । 
 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : १३ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका