नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न « Khabarhub

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् । शुक्रबार मधेश प्रदेश स्तरीय बैठक महोत्तरीमा बसेको छ । बैठक पार्टीका वरिष्ठ नेताको केदार चन्द्र शर्माको आतिथ्यतामा सम्पन्न भएको छ। त्यस्तै शनिवार बागमती प्रदेश बैठक पार्टी केन्द्रीय कार्यालय मैतीदेवीमा पार्टीका प्रदेश संयोजक जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको छ, बैठकमा आगामी दिनमा पार्टी निर्माण, संघर्षका कार्यक्रम, र घुस नखानेहरुको पार्टीलाई जनतामा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

त्यस्तै आगामी १५ गते भित्र प्रदेश भित्रका जिल्लामा जिल्ला कमिटी हरुलाई पूर्णता दिने, जनवर्गीय संगठनहरुका कमिटी घोषणा गर्ने निर्णय भएको छ । शनिबार नै लुम्बिनी प्रदेश बैठक पनि बसिरहेको छ, बैठक लुम्बिनी प्रदेश संयोजक हरि पराजुलीको अध्यक्षतामा बसेको छ भने पार्टीका कार्यवहाक अध्यक्ष घनश्याम भुसाल लुम्बिनी बैठकमा सहभागी छन् ।

लुम्बिनी प्रदेश घनश्याम भुसालको गृह प्रदेश भएकोले त्यहाको बैठक अझ महत्व पूर्ण भएको नेताहरुले बताएका छन् । घुस नाखानेहरुको पार्टीका रुपमा पार्टी लाई जनतामा स्थापित गरेर आगामी दिनमा नेकपा (संयुक्त) पुराना कम्युनिष्ट पार्टीहरुलाई मात्र होईन  अन्य लागी पनि चुनौतीका रुपमा खडा हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : ५५ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स