काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने « Khabarhub

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगायतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको योगेश भट्टराईले जानकारी दिए । पार्टीका विभिन्न तहमा आफ्ना विचारहरुलाई छलफलमा लैजाने उनले बताए । 

उनले पार्टीको मतपरिणामका कारण बिचलित नहुन नेताहरूलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको धारणा राखे । 

प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दूरुपयोग भएको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोप्रति चिन्ता व्यक्त गरिएको बताए ।

भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए । त्यस्तै उनले पार्टीभित्र कुनै अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट पारे । 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ४ : ५९ बजे

ओली–लेखक पक्राउबारे हर्क साम्पाङले भने– सरकारले प्रतिशोधको राजनीति गर्‍याे

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा

सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी