काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने « Khabarhub

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगायतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको योगेश भट्टराईले जानकारी दिए । पार्टीका विभिन्न तहमा आफ्ना विचारहरुलाई छलफलमा लैजाने उनले बताए । 

उनले पार्टीको मतपरिणामका कारण बिचलित नहुन नेताहरूलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको धारणा राखे । 

प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दूरुपयोग भएको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोप्रति चिन्ता व्यक्त गरिएको बताए ।

भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए । त्यस्तै उनले पार्टीभित्र कुनै अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट पारे । 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ४ : ५९ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स