जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि « Khabarhub

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विमानस्थलबाट सिधै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेट गर्न पुगेका छन्।

लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेका हुन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका छन्।

भेटका क्रममा लामिछानेले शहीद परिवारका पीडा, समस्या र अपेक्षाबारे जानकारी लिँदै न्याय, सम्मान र राज्यको जिम्मेवारीका विषयमा गम्भीर हुनुपर्ने बताए। उनले शहीद परिवारको हितका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उक्त भेटलाई जेन–जी आन्दोलनप्रति एकजुटताका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ४ : २६ बजे

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६