मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने « Khabarhub

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ अझै जारी रहेको बताएका छन्। 

शनिबार काठमाडौं आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाहिर समर्थकलाई सम्बोधन गर्दै उनले यो लडाइँ व्यक्तिगत नभई देश र पुस्तामाथिको न्यायका लागि भएको स्पष्ट पारे।

लामिछानेले आफू विजयी हुन अझै बाँकी रहेको उल्लेख गर्दै अपदस्थ भइसकेका व्यक्तिलाई गालीगलौज गरेर समय बर्बाद गर्ने पक्षमा आफू नरहेको बताए। बरु उनीहरूलाई इतिहासको कुन स्थानमा कसरी सुरक्षित र सम्मानित राख्ने भन्नेमा सोचिरहेको उनको भनाइ थियो। सम्मानित स्थानमा बस्ने वा नबस्ने कुरा उनीहरूको अभिव्यक्ति र क्रियाकलापमा निर्भर रहने उनले बताए।

सभापति लामिछानेले ‘नयाँ’ भन्नेहरू अब सबै एक ठाउँमा आउने दाबी गर्दै आफू एउटा चुनावका लागि नभई पुस्ताका लागि राजनीतिमा आएको बताए। खरानी बनाइएका युवाहरूका सपना पूरा गर्न सबै मिल्नुपर्नेमा उनले जोड दिए।

उनले हरेक आन्दोलनमा सुरक्षाकर्मीसमेत घाइते हुँदै आएको उल्लेख गर्दै परिवर्तनका प्रक्रियामा उनीहरूको पक्षमा पनि काम गर्नुपर्ने बताए। आफूविरुद्ध धेरै मुद्दा रहे पनि सास रहुन्जेल लडिरहने उनको प्रतिबद्धता थियो।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ४ : ४३ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली