निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह « Khabarhub

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निष्पक्ष, भयरहित वातावरणमा जनताले मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उनले सरकारका साथै पार्टीका कार्यकर्ताले पनि निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने धारणा राखे । त्रास र भयको वातावरणमा निष्पक्ष निर्वाचनको सम्भावना नहुने भन्दै उनले सरकारले यसका लागि विशेष पहल गर्नुपर्ने धारणा राखे।

नेता कोइरालाले भने, ‘गत भदौ २४ गतेको जेन-जी आन्दोलनका समयमा फरार रहेका पाँच हजार कैदीबन्दी करागार बाहिर छन् । प्रहरीबाट लुटिएका करिब पाँचदेखि सात हजार हतियार पक्राउ परेका छैनन् । तसर्थ आमजनतामा त्रास र भयको वातावरण छ । यस्तो अवस्थामा सरकार, राजनीतिक दल, सरोकार भएका निकाय सबैले निर्वाचनको वातावरण बनाउन समन्वय गर्नुपर्ने हुन्छ ।’

नेता कोइरालाले कांग्रेस एक जिम्मेवार र जनचाहना अनुरुप सञ्चालन हुने पार्टी भएकाले निर्वाचनको वातावरणसँगै पार्टीको महाधिवेशन सम्पन्न गर्नेतर्फ रहेको बताए।

 उनले निर्वाचन र महाधिवेशनको तयारीसँगै शान्तिसुरक्षा कायम गराउनेतर्फ समन्वयात्मक भूमिका निर्वाह गर्न पार्टी सबै नेता कार्यकर्तालाई आग्रह गरे। 
 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ६ : ०७ बजे

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६