टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण « Khabarhub

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कामठाडौं – पाचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर महानगरपालिका—८ का रुविन महर्जन र शिवसताक्षी—८ की इभाना थापाले स्वर्ण पदक जितेका छन् । खुला सिङ्गल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको पुरुषतर्फ फाइनलमा रुविनले ललितपुर—१६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२ र ११–९ को सेटमा पराजित गरे । बेलकोटगढी–८ का गनन्जय दाहाल र ललितपुर ७ का एलेक्स महर्जन तेश्रो भए ।

महिलातर्फ उपाधि भिडन्तमा इभानाले सङ्खुवासभा—४ की वियंका राईलाई ७–११, ११–६, ११–४, १–११, ११–९ र ११–६ को सेटमा पराजित गरिन् । धरान उपमहानगरपालिका—१६ की दीक्षा दाहाल र काठमाडौँ महानगरपालिका—२६ की अनिता महर्जन तेश्रो बने ।

स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिङ्गल्समा काठमाडौँ—२६ का चन्दन शाही पहिलो भए । उनले फाइनलमा ललितपुर—२ का समीप श्रेष्ठलाई ११–३, ११–७ र ११–८ ले पाखा लगाए । ५० वर्षमाथि पुरुष सिङ्गल्स फाइनलमा ललितपुर—११ का राजेन्द्र बज्राचार्यले कीर्तिपुर—६ का जय महर्जनको चुनौती १२–१०, १२–१४, ११–६ र ११–७ ले पन्छाउँदै पहिलो भए । पुरुष टोली इभेन्टमा ललितपुर—८ को टोलीले ललितपुर—७ लाई ३–० ले पराजित गरी स्वर्ण जित्यो ।यो सँगै उक्त टोलीले तीन स्वर्ण जित्न सफल भयो ।

विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल केसी, बागमती प्रदेश खेलकुद विकास परिषद्, का सदस्य–सचिव दीपक लामा, अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक स्पिन टेबलटेनिस क्लबका अध्यक्ष सुमन शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

त्यस अवसरमा टेबलटेनिस खेलको निरन्तर विकास, प्रवर्द्धन र संस्थागत उन्नयनमा अतुलनीय योगदान पु¥याएको भन्दै टेबलटेनिसका पूर्वजुनियर राष्ट्रिय च्याम्पियन महेश भीम सेरियालाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।

दुबइमा भएको पाँचौ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको पुरुष सिङ्गल्समा रजत पदक जितेका स्वीकृत न्यौपानेलाई पनि सम्मान गरिएको थियो । पाँचदिने उक्त प्रतियोगितामा चार सय ५० खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेको अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक ज्याकी महर्जनले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ८ : २२ बजे

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली