ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ « Khabarhub

ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन निरन्तर भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल पक्षको समीक्षा भेलामा आज यहाँ नेताहरूले पार्टीमा नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज)को आधारमा पार्टी निर्माणलगायत विषयमा आवाज उठाउँदै पार्टीलाई थप सुदृढ बनाउन लाग्ने बताएका हुन् ।

भेलामा नेतृ अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतले महाधिवेशनमा आएको मतपरिणामका कारण विचलित नहुने, पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास, पुनर्गठनलगायत मुद्दालाई विधानभित्र रहेर निरन्तर उठाउने बताए ।

भेलाले महाधिवेशनबारे विभिन्न कोणबाट छलफल भएको र देशव्यापी समीक्षा गर्ने निर्णयसमेत गरेको उपसहासचिव योगेश भट्टराईले जानकारी दिए ।

उनले भने “भेलामा महाधिवेशनको घोषणा भएसँगै भएका गतिनिधिबारे समीक्षा भएको छ, प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका क्रियाकलापबारे छलफल भएको छ । कतिपय सन्दर्भमा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको र पार्टी संरचनाको दुरुपयोग भएको विषय पनि उठेका छन् । यी सबै विषयमा नेताहरूले विभिन्न कोणबाट कुरा राख्नुभएको छ ।”

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ८ : ४५ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ