चिनियाँ युद्धपोतले आक्रमण गरेपछि दक्षिण चीन सागरमा फिलिपिन्सका तीन जना माझी घाइते « Khabarhub

चिनियाँ युद्धपोतले आक्रमण गरेपछि दक्षिण चीन सागरमा फिलिपिन्सका तीन जना माझी घाइते


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ तटरक्षक युद्धपोतसँगको झडपमा परी दक्षिण चीन सागरको विवादित क्षेत्रमा फिलिपिन्सका तीन जना माझीहरु घाइते भएका छन् । घटनामा फिलिपिन्सका माछा मार्ने दुई डुङ्गामा पनि क्षति पुगेको छ ।

चिनियाँ तटरक्षक युद्धपोतले माछा मारिरहेको फिलिपिनी डुङ्गालाई लक्षित गरी पानीको फोहोरा प्रहार गरेको च्यानल न्यूज एशियाले जनाएको छ । घटना दक्षिण चीन सागरको सबिना शोल क्षत्रनजिकै भएको हो ।

फिलिपिन्सले आफ्नो मुलुकका दुई दर्जनभन्दा बढी डुङ्गामा चिनियाँ युद्धपोतले फोहोरा प्रहार गरेको आरोप लगाएको छ । पछि समुद्रमा फसेका माझीलाई उद्धार गर्न घटनास्थलमा फिलिपिन्सले पनि तटरक्षक जहाज परिचालन गरेको थियो ।

घटनापछि फिलिपिन्सले चीनलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेको छ । यसबारे मनिलामा रहेको चिनियाँ राजदूतावासले कुनै टिप्पणी नगरेको उक्त च्यानलले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ७ : ०१ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न