चिनियाँ युद्धपोतले आक्रमण गरेपछि दक्षिण चीन सागरमा फिलिपिन्सका तीन जना माझी घाइते « Khabarhub

चिनियाँ युद्धपोतले आक्रमण गरेपछि दक्षिण चीन सागरमा फिलिपिन्सका तीन जना माझी घाइते


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ तटरक्षक युद्धपोतसँगको झडपमा परी दक्षिण चीन सागरको विवादित क्षेत्रमा फिलिपिन्सका तीन जना माझीहरु घाइते भएका छन् । घटनामा फिलिपिन्सका माछा मार्ने दुई डुङ्गामा पनि क्षति पुगेको छ ।

चिनियाँ तटरक्षक युद्धपोतले माछा मारिरहेको फिलिपिनी डुङ्गालाई लक्षित गरी पानीको फोहोरा प्रहार गरेको च्यानल न्यूज एशियाले जनाएको छ । घटना दक्षिण चीन सागरको सबिना शोल क्षत्रनजिकै भएको हो ।

फिलिपिन्सले आफ्नो मुलुकका दुई दर्जनभन्दा बढी डुङ्गामा चिनियाँ युद्धपोतले फोहोरा प्रहार गरेको आरोप लगाएको छ । पछि समुद्रमा फसेका माझीलाई उद्धार गर्न घटनास्थलमा फिलिपिन्सले पनि तटरक्षक जहाज परिचालन गरेको थियो ।

घटनापछि फिलिपिन्सले चीनलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेको छ । यसबारे मनिलामा रहेको चिनियाँ राजदूतावासले कुनै टिप्पणी नगरेको उक्त च्यानलले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ७ : ०१ बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा