चीनबाट इरान गइरहेको पानीजहाजमा अमेरिकी स्पेसल अपरेशन दस्ताको छापा « Khabarhub

चीनबाट इरान गइरहेको पानीजहाजमा अमेरिकी स्पेसल अपरेशन दस्ताको छापा


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट इरानतर्फ गइरहेको पानीजहाजमा अमेरिकाको स्पेसल अपरेशन दस्ताले छापा मारेर कार्गो नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको छ । अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सका अनुसार हिन्द महासागरमा उक्त घटना भएको हो ।

इरानलाई आफ्नो सैन्य बल सुदृढ गर्नबाट रोक्नका लागि अमेरिकाले यस्तो कारवाही गरेको टाइम्सले उल्लेख गरेको छ । आणविक कार्यक्रमका कारण विश्व समुदायबाट अलग्गिएको इरानलाई दबाब दिन अमेरिकाले कारवाही सञ्चालन गरेको जनाइएको छ ।

केही महिनाअघि इरान र इजरयालबीच छोटो द्वन्द्व भएको थियो । १२ दिनसम्म चलेको द्वन्द्वमा १ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए ।

उक्त द्वन्द्वमा इजरायलको पक्ष लिएर अमेरिकाले हवाई आक्रमण गर्दा इरानको आणविक कार्यक्रममा गम्भीर क्षति पुगेको थियो ।

पछिल्लो समय अमेरिकाले चीनबाट इरानतर्फ जाने पानीजहाजको सूक्ष्म निरीक्षण गरिरहेको छ । सोही क्रममा हिन्द महासागरको श्रीलंका टापुनजिकै अमेरिकी स्पेसल अपरेशन दस्ताले उक्त पानीजहाजमा छापा मारी कार्गो नियन्त्रणमा लिएको हो ।

कार्गो नियन्त्रणमा लिएपछि उक्त जहाजलाई छाडिएको थियो । उक्त कार्गोमा नागरिक र सैनिक दोहोरो प्रयोजनका लागि आवश्यक संदिग्ध सामान बरामद गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ७ : ३७ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न