क्यानडामा प्रस्तुती दिन सुमन कार्कीसँगै को छन् अन्य कलाकार ? « Khabarhub

क्यानडामा प्रस्तुती दिन सुमन कार्कीसँगै को छन् अन्य कलाकार ?


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी जुन/जुलाईमा नेपाली कलाकारहरूले क्यान्डामा प्रस्तुती दिने भएका छन् ।

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक कार्यक्रममा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलले हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालले नृत्य प्रस्तुती दिने तय भएको हो ।

आयोजक संस्था ‘आई र यू इन्टरटेनमेन्ट’ र ‘आगन इभेन्ट्स’ले कार्यक्रमको तालिका चाँडै घोषणा गर्ने जनाएका छन् ।

आगन इभेन्ट्सका जीआर भण्डारीका अनुसार क्यानडा टोरोन्टो, लन्डन, ओटावा, क्यालगरी र भ्यानकुभर लगायतका शहरमा कार्यक्रम हुनेछ ।

विदेशमा रहेका नेपाली दर्शकको रोजाइअनुसारका कलाकारलाई क्यानडा लैजान लागेको भण्डारीको दाबी छ ।

क्यानडामा पहिलोपटक प्रस्तुती दिने निश्चित भएपछि विशेष तयारी गरिरहेको कमेडियन सुमन कार्कीले सुनाए ।

उनले भने, ‘हामीले फरक रूपमा आफ्नो तयारी गरिरहेका छौं । दर्शकको समयको भरपुर सदुपयोग हुने किसिमको प्रस्तुती दिनेछौं ।’

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : ४० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक