रित्तो गाग्री प्रहरीले लगेपछि खाली हात सिंहदरबार छिरे धरानका मेयर | Khabarhub Khabarhub

रित्तो गाग्री प्रहरीले लगेपछि खाली हात सिंहदरबार छिरे धरानका मेयर


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्षौँदेखि खानेपानी अभाव टार्न दबाबका लागि काठमाडौं आइपुगेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरबार छिरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न भन्दै मेयर साम्पाङ मंगलबार सिंहदरबारमा पसेका हुन् ।

पटक पटक धरानमा पानी ल्याउन खानेपानी मन्त्रालयलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो मेयर साम्पाङले गरे ।

धरानमा खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न सरकारलाई दबाब दिन काठमाडौं आउनु परेको मेयर साम्पाङले बताए।

धरानका जनताको खानेपानीको दीर्घकालीन व्यस्थापन नभएसम्म सरकारलाई घच्घच्याउने उनले बताए ।

मेयर साम्पाङ रित्तो गाग्रीसहित प्रवेश गर्न सक्ने भन्दै सिंहदरबार दक्षिण गेटमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

धरानमा खानेपानीको समस्या रहेको भन्दै साम्पाङ रित्तो गाग्रीसहित सोमबार काठमाडौं आइपुगेका थिए । तर साम्पाङले ल्याएको रित्तो गाग्री प्रहरीले लगेको छ।

प्रहरीले रित्तो गाग्री लगेपछि मेयर साम्पाङ खाली हात सिंहदरबार छिरेका हुन् । धरानको खानेपानी संकट टार्न सप्तकोशीबाट लाने आयोजनाका लागि केन्द्र सरकारले बजेट दिनुपर्ने माग साम्पाङको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : २८ बजे

मन्त्री पौडेलद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको

सप्तकोशीको कटान रोक्न योजना तयार गछौँ : गृहमन्त्री 

उदयपुर– गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी

राष्ट्रपति सी र समकक्षी पुटिनबीच भिडियो वार्ता ! 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग

नेप्सेमा पाँच अंकको झिनो सुधार, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अंकको सुधार

‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै

घोराही– दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ ।