विराटनगरमा चौथो प्रादेशिक ज्याम्बोरेट, तीन हजार स्काउट सहभागी हुने | Khabarhub Khabarhub

विराटनगरमा चौथो प्रादेशिक ज्याम्बोरेट, तीन हजार स्काउट सहभागी हुने


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि २८ गतेसम्म चौथो प्रादेशिक ज्याम्बोरेट हुने भएको छ ।

विराटनगरस्थित डिग्री क्याम्पसमा हुने ज्याम्बोरेटमा तीन हजार स्काउटहरू सहभागी हुनेछन् ।

स्काउटसँग सम्बन्धित विभिन्न सहासिक, मनोरञ्जनात्मक, सांस्कृतिक र बौद्धिक क्रियाकलाप ज्याम्बोरेटमा सञ्चालन हुनेछन् ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ज्याम्बोरेटबारे जानकारी गराइएको थियो ।

कोशी प्रदेशका सबै स्थानीय तहबाट छनोट भएका स्काउटहरू कार्यक्रममा सहभागी हुनेछन । अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमूलक रुपमा स्काउटहरू भाग लिने तालिका छ ।

ज्याम्बोरेटमा स्काउटमा संलग्न ११ देखि १६ वर्षसम्मका स्काउट विद्यार्थी सहभागी हुनेछन्। ज्याम्बोरेट स्काउटहरूको भेला हो।

ज्याम्बोरेट प्रत्येक ४/४ वर्षमा हुने गरेको छ । प्रादेशिक संरचना पछाडिको यो पहिलो ज्याम्बोरेट हो । ज्याम्बोरेट गर्न प्रदेश प्रमुख आयुक्त हेमन्त भणडारीको अध्यक्षता १३ सदस्यीय आयोजक कमिटी बनेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री एवम् प्रदेश स्काउट संरक्षक हिक्मतकुमार कार्कीको संरक्षकत्वमा सामाजिक विकास मन्त्री पाँचकर्ण राई अध्यक्ष रहेको सल्लाहकार समिति गठन गरिएको छ ।

ज्याम्बोरेटको तयारीका लागि २५ वटा विभिन्न उपसमिति बनाइएको छ । ज्याम्बोरेटका क्रियाकलाप सञ्चालन गर्न २०५ जनाको सर्भिस टिम बनाए तयारीलाई तीव्रता दिइएको प्रदेश अधिकृत नवराज घिमिरेले बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : २६ बजे

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा