‘कोशेढुङ्गा’मा कलाकारको रोचक लाइअप, आर्यनदेखि नीतिसम्म « Khabarhub

‘कोशेढुङ्गा’मा कलाकारको रोचक लाइअप, आर्यनदेखि नीतिसम्म


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सबैभन्दा बढी व्यापार गरेर कीर्तिमान कायम राखेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोशेढुङ्गा’का लागि मुख्य कलाकार चयनको काम पूरा भएको जानकारी दिएका छन्‌ ।

केही साता अगाडि नै यो फिल्म निर्माण घोषणा भएको थियो । तर, औपचारिक रुपमा मंगलबार मात्रै कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको हो ।

यस फिल्ममा कलाकारहरूको लाइअप रोचक छ । चकलेटी नायक आर्यन, थिएटर पृष्ठभूमि भएका नायक प्रवीण खतिवडा, मोडलिङ पृष्ठभूमिकी नायिका नीति शाह र अर्की नायिका सुरक्षा पन्त फिल्मका लागि फाइनल भएको निर्माण पक्षको भनाइ छ ।

कलाकारहरुको विविधताले यस फिल्मप्रति दर्शकको चासो बढ्ने देखिन्छ । को कलाकारको कस्तो भूमिका हुने भन्ने बिस्तारै खुल्ने निर्देशक पौडेल बताउँछन् । सोसल ड्रामा जनरामा बन्ने यस फिल्मले अभाव, संघर्ष र सपनाका कथाहरू उठान गर्ने बताइएको छ ।

निर्देशक पौडेल फागुन २ गतेबाट छायाङ्कनमा निस्कने योजनामा छन् । फिल्म वि.सं. २०८२ को उपयुक्त मितिमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको यस फिल्मका निर्माता प्रेविल कँडेल र हरि महत हुन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : ३३ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि