शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ?


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ, फागुन ९ गते। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ३६ पैसा र बिक्रीदर १३८ रुपियाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ४४ पैसा र बिक्रीदर १४५ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपियाँ ४७ पैसा र बिक्रीदर १७५ रुपियाँ २३ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ३२ पैसा र बिक्रीदर १५३ रुपियाँ ९८ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ १९ पैसा र बिक्रीदर ८८ रुपियाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ३४ पैसा र बिक्रीदर ९७ रुपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ४१ पैसा र बिक्रीदर १०३ रुपियाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर ०९ रुपियाँ २२ पैसा र बिक्रीदर ०९ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८९ पैसा र बिक्रीदर ३७ रुपियाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८ रुपियाँ १२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ११ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३७ रुपियाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २३ पैसा र बिक्री दर ३१ रुपियाँ ३७ पैसा तोकिएको छ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ६२ पैसा र बिक्रीदर ०९ रुपियाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९४ पैसा र बिक्रीदर १३ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३७ पैसा र बिक्री दर १९ रुपियाँ ४५ पैसा निर्धारण भएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७९ पैसा र बिक्रीदर १७ रुपियाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ २० पैसा र बिक्रीदर ४५० रुपियाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ १४ पैसा र बिक्रीदर ३६८ रुपियाँ ७३ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६० रुपियाँ ९४ पैसा तय गरिएको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ५ : ४० बजे

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण

नेपाल फर्मा एक्स्पो फागुनमा हुने

काठमाडौं– नेपाल औषधि उत्पादक संघले दशौ संस्करणको नेपाल फर्मा एक्स्पो

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत