च्याम्पियन्स ट्रफी: गिलको शतकमा भारतको विजयी सुरुवात « Khabarhub

च्याम्पियन्स ट्रफी: गिलको शतकमा भारतको विजयी सुरुवात


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

यूएई – च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ। बिहीबार भएको दिवा रात्रि खेलमा भारतले बङ्गलादेशलाई ६ विकेटले हराएको हो।

बङ्गलादेशले दिएको २२९ रनको लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा २३१ रनको योगफल खडा गरेको हो।

भारतका लागि शुभमन गिलले १०१ न जोडे। कप्तान रोहित शर्मा र केएल राहुलले समान ४१-४१ रन जोडे। गिल खेलको म्यान अफ द म्याच बने।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले २ बाल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २२८ रनको योगफल खडा गरेको हो।

खराब सुरुवात गरेको बङ्गलादेशका लागि तोहिद ह्दोयले १०० रन प्रहार गरे। खराब सुरुवात गरेको बङ्गलादेशले ३५ रनमा नै ५ विकेट गुमाएका थियो। ह्दोय र जाकर अलीले छैटौँ विकेटका लागि १५४ रनको साझेदारी गरे। अलीले ६८ रन जोडे।

भारतका मोहम्मद सामीले १० ओभरमा ५३ रन खर्चेर ५ विकेट लिए। हर्षित रानाले ७.४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। अक्षर पटेलले ९ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ४८ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय