‘केपी ओली कप’को अवसरमा इटालियन फुटबलर जियानलुजी बफोन आउने « Khabarhub

‘केपी ओली कप’को अवसरमा इटालियन फुटबलर जियानलुजी बफोन आउने


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- आइतबारदेखि हुने ‘केपी ओली कप फुटबल’ प्रतियोगिता हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन ।

विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन् । केपी‌ ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको बताए ।

केपी ओली कपको तेस्रो संस्करण आतबारदेखि फागुन १९ गतेसम्म हुनेछ । प्रतियोगिताको फाइनल खेल हुने दिन बफोन काठमाडौंमा आउने थेवेले जानकारी दिए ।

बफोनअघि ब्राजिलका स्टार फुटबलर रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई ल्याउने प्रस्ताव भएको थियो । तर उनीहरू नआउने भएपछि बफोनलाई ल्याउन लागिएको राष्ट्रिय युवा संघ नेपालका सचिव निरोज पौडेलले बताए ।

थेवेका अनुसार बफोन ल्याउन सम्झौता भइसकेको छ । यदि बफोन आएमा नेपाल टेक्नेमा विश्व फुटबलकै ठूला नाम हुनेछन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी गरेका थिए ।

बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा हुने राष्ट्रिय युवा संघ नेपालका सचिव पौडेलले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १२ : ४० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको