‘केपी ओली कप’को अवसरमा इटालियन फुटबलर जियानलुजी बफोन आउने « Khabarhub

‘केपी ओली कप’को अवसरमा इटालियन फुटबलर जियानलुजी बफोन आउने


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- आइतबारदेखि हुने ‘केपी ओली कप फुटबल’ प्रतियोगिता हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन ।

विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन् । केपी‌ ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको बताए ।

केपी ओली कपको तेस्रो संस्करण आतबारदेखि फागुन १९ गतेसम्म हुनेछ । प्रतियोगिताको फाइनल खेल हुने दिन बफोन काठमाडौंमा आउने थेवेले जानकारी दिए ।

बफोनअघि ब्राजिलका स्टार फुटबलर रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई ल्याउने प्रस्ताव भएको थियो । तर उनीहरू नआउने भएपछि बफोनलाई ल्याउन लागिएको राष्ट्रिय युवा संघ नेपालका सचिव निरोज पौडेलले बताए ।

थेवेका अनुसार बफोन ल्याउन सम्झौता भइसकेको छ । यदि बफोन आएमा नेपाल टेक्नेमा विश्व फुटबलकै ठूला नाम हुनेछन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी गरेका थिए ।

बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा हुने राष्ट्रिय युवा संघ नेपालका सचिव पौडेलले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १२ : ४० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६