सुरू भयो एकीकृत समाजवादीको बैठक, आन्दोलनमा जाने तयारी (तस्बिरहरू) | Khabarhub Khabarhub

सुरू भयो एकीकृत समाजवादीको बैठक, आन्दोलनमा जाने तयारी (तस्बिरहरू)


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।

बैठक बिहान ११ बजेबाट ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको हो ।

बिहीबार बस्ने भनिएको बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज विदुर सापकोटाको निधनपछि बैठक स्थगित गरिएको थियो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ । 

यो बैठकले जनजीविका र सुशासनका सवालबारे आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ । यसअघि मङ्गलबार र बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिँदै छ।

समाजवादीमा पछिल्लो समय भएको कार्यविभाजनलाई लिएर अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद छ । खनालले कार्यविभाजनमा तीव्र असन्तुष्टि जनाएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : १४ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने