काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।
बैठक बिहान ११ बजेबाट ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको हो ।
बिहीबार बस्ने भनिएको बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज विदुर सापकोटाको निधनपछि बैठक स्थगित गरिएको थियो ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।
यो बैठकले जनजीविका र सुशासनका सवालबारे आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ । यसअघि मङ्गलबार र बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिँदै छ।
समाजवादीमा पछिल्लो समय भएको कार्यविभाजनलाई लिएर अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद छ । खनालले कार्यविभाजनमा तीव्र असन्तुष्टि जनाएका छन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया