एमाले र माओ‌वादी दुवैसँग हाम्रो एकता हुँदैन : माधव नेपाल « Khabarhub

एमाले र माओ‌वादी दुवैसँग हाम्रो एकता हुँदैन : माधव नेपाल


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् ।

शुक्रबारबाट ललितपुरमा सुरु नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुभारम्भ गर्दै अध्यक्ष नेपालले पार्टी विचार र लक्ष्यका साथ अघि बढिरहेको भन्दै अन्यसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् ।

कहिले एमाले र कहिले माओवादीसँग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको उनले बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको दाबी गरे ।

उनले वर्तमान सरकारले बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजको आरोप लगाए ।

सरकारका गलत कामको विरोध गर्दै अघि बढ्नुपर्ने उनले बताए । उनले समाजवादको पक्षमा रहेका शक्तिलाई एकतावद्ध गर्न पहलकदमी लिइरहेको जिकिर गरे ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गरे । निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत आचारसंहितामा छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : ०५ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को