एमाले र माओ‌वादी दुवैसँग हाम्रो एकता हुँदैन : माधव नेपाल « Khabarhub

एमाले र माओ‌वादी दुवैसँग हाम्रो एकता हुँदैन : माधव नेपाल


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् ।

शुक्रबारबाट ललितपुरमा सुरु नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुभारम्भ गर्दै अध्यक्ष नेपालले पार्टी विचार र लक्ष्यका साथ अघि बढिरहेको भन्दै अन्यसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् ।

कहिले एमाले र कहिले माओवादीसँग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको उनले बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको दाबी गरे ।

उनले वर्तमान सरकारले बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजको आरोप लगाए ।

सरकारका गलत कामको विरोध गर्दै अघि बढ्नुपर्ने उनले बताए । उनले समाजवादको पक्षमा रहेका शक्तिलाई एकतावद्ध गर्न पहलकदमी लिइरहेको जिकिर गरे ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गरे । निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत आचारसंहितामा छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : ०५ बजे

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या

मुस्ताङ– अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित