रास्वपाले पढाउन थाल्यो नेता-कार्यकर्ता, पहिलो चरणमा केन्द्रीय सदस्य सहभागी « Khabarhub

रास्वपाले पढाउन थाल्यो नेता-कार्यकर्ता, पहिलो चरणमा केन्द्रीय सदस्य सहभागी


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरु गरेको छ ।

स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा आयोजना भइरहेको छ । प्रशिक्षणमा केन्द्रीय समिति सदस्यलाई सहभागी गराइएको छ ।

यो कार्यक्रम आज र भोलि गरि दुई दिन चल्दैछ । बिहानको पहिलो सत्रमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्वबारे बोले ।

उपसभापति डा. स्वर्णिम वाग्लेले प्रशिक्षणले संगठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए ।

आगामी योजनाक्रममा केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला र पालिकासम्म प्राथमिकतामा प्रशिक्षण तालिका रहेको उपसभापति डा. वाग्लेले बताए ।

यो प्रशिक्षण भोलि पनि नियमित सञ्चालन हुनेछ । राजनीतिक प्रशिक्षण कार्यक्रम केन्द्र हुँदै प्रदेश, जिल्ला, पालिका र वडासम्म सञ्चालन हुने गरि तयारी गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ४ : ५० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा