रास्वपाले पढाउन थाल्यो नेता-कार्यकर्ता, पहिलो चरणमा केन्द्रीय सदस्य सहभागी « Khabarhub

रास्वपाले पढाउन थाल्यो नेता-कार्यकर्ता, पहिलो चरणमा केन्द्रीय सदस्य सहभागी


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरु गरेको छ ।

स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा आयोजना भइरहेको छ । प्रशिक्षणमा केन्द्रीय समिति सदस्यलाई सहभागी गराइएको छ ।

यो कार्यक्रम आज र भोलि गरि दुई दिन चल्दैछ । बिहानको पहिलो सत्रमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्वबारे बोले ।

उपसभापति डा. स्वर्णिम वाग्लेले प्रशिक्षणले संगठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए ।

आगामी योजनाक्रममा केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला र पालिकासम्म प्राथमिकतामा प्रशिक्षण तालिका रहेको उपसभापति डा. वाग्लेले बताए ।

यो प्रशिक्षण भोलि पनि नियमित सञ्चालन हुनेछ । राजनीतिक प्रशिक्षण कार्यक्रम केन्द्र हुँदै प्रदेश, जिल्ला, पालिका र वडासम्म सञ्चालन हुने गरि तयारी गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ४ : ५० बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर