‘होस्टल–३’ ट्रेलर सार्वजनिकपछि टिकटक र टिकटकरको कुरा ! | Khabarhub Khabarhub

‘होस्टल–३’ ट्रेलर सार्वजनिकपछि टिकटक र टिकटकरको कुरा !


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘होस्टल–३’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा ठूलो पर्दाका लागि नयाँ अनुहार देखिन्छ ।

ट्रेलरले टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल ब्वाइ’ फिल्मको केन्द्रीय भूमिकामा रहेको संकेत गर्छ । उनी पनि ठूलो पर्दाका लागि नयाँ अनुहार हुन् । तर, टिकटकमा उनी स्थापित अनुहार हुन् ।

फिल्मको मुख्य भूमिकामा आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली छन् । यी सबै ठूलो पर्दाका लागि नयाँ अनुहार हुन् ।

पदम र आशीष भने दर्शकले चिनेका अनुहार हुन् । पदम युट्युब कन्टेन्ट क्रिएटर हुन् भने आशीषले सानो पर्दामा बालकलाकारका रुपमा अभिनय गरिसेकका छन् ।

शुक्रबार कमलपोखरीको एक फिल्म हलमा ट्रेलर सार्वजनिक गरिएको थियो । रिहानबाहेकका मुख्य कलाकारहरू उपस्थित थिए ।

ट्रेलर सार्वजनिक पश्चातको प्रश्नोत्तर कार्यक्रममा निर्देशक सशान कँडेललाई सामाजिक सञ्जालमा चर्चित अनुहारलाई फिल्ममा लिनुको कारणबारे सोधिएको थियो ।

सशासनले उनीहरू प्रतिभा भएको महसुस भएर फिल्ममा लिएको स्पष्टीकरण लिए ।

उनलाई प्रचारका लागि टिकटकरहरूलाई फिल्ममा लिएको आरोप समेत लाग्ने गरेको छ । यो आरोप उनले खण्डन गरे ।

उनले स्पष्ट पारे, ‘मैले यो फिल्ममा कलाकार चयन गर्दा टिकटक ब्यान्ड थियो । उनीहरुको कन्टेन्टबाट हेर्दा प्रतिभा देखेर मैले फिल्ममा लिएको हो ।’

त्यस्तै, ‘कुल ब्वाइलाई टिकटकरको छवि मेटाउने उद्देश्यले फिल्ममा आएको’ भन्ने आरोप लाग्ने गरेको छ । यसबारे उनी स्वयम् जानकार रहेछन् ।

यो आरोपबारे प्रश्न गर्दा उनले भने, ‘यसबारे मलाई धेरै मानिसको अगाडि जवाफ दिन मन थियो । आज संयोग मिल्यो । म टिकटकरको छवि बदल्न आएको होइन । म टिकटकबाटै आएको केटा हो । म छवि मेटाउनभन्दा पनि टिकटकबाट फिल्मसम्म आइपुगेको भनेर आफूलाई स्थापित गर्न चाहान्छु ।’

आफूले टिकटकमा सर्ट भिडियो बनाएकै कारण फिल्मसम्म स्थान पाएको उनको बुझाइ छ ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : २० बजे

प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गर्ने तयारी

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

विश्व क्रिकेटमा १४ वर्षीय सूर्यवंशीको सनसनीपूर्ण पारी : ३५ बलमा शतक ! के के बने कीर्तिमान ?

राजस्थानका वैभव सूर्यवंशीले सोमबार भएको गुजरात टाइटानसँगको इन्डियन प्रिमियर लिग

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

सरकार र शिक्षकको वार्ता सकारात्मक : केही विषय टुङ्गो लगाउन बाँकी

काठमाडौं – सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल वैशाख १६ गते मंगलबार। वैशाख